काठमाडौँ। सहकारी ठगी गरेर फरार रहेका जिबी राईको पासपोर्ट रोक्का भएको छ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले गरेको पत्राचारका आधारमा राहदानी विभागले राईको पासपोर्ट रोक्का भएको हो।
जिल्ला न्यायाधीवक्ता कमला काफ्लेले राईको पासपोर्ट रोक्का भएको बताइन्।
राईको बैंक खाता, मालपोत लगायत विभिन्न स्थानमा पनि कारोबार रोक्का गर्न पत्राचार गरिसकेको उनले बताइन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ मंसिर २०८१, २१ : ५०
लेखकबाट थप