काठमाडौँ । अमेरिकाले युक्रेनलाई २० अर्ब डलर सघाउने भएको छ । बीबीसीका अनुसार यो कोष अमेरिकाले रुसबाट जफत गरेको सम्पत्तिबाट दिन लागेको हो ।यो आर्थिक सहायता ५० अरब डलर प्याकेजको एक भाग हो जसको घोषणा जी७ समूहका सदस्य देशहरूले जुनमा गरेका थिए ।
अमेरिकी ट्रेजरी सेक्रेटरी जेनेट येलेनले भनिन्, ‘जफत गरिएका सम्पत्तिबाट आर्थिक सहायता दिनुको मतलब रसियाले आफ्नो अवैध युद्धको मूल्य चुकाउनुपर्नेछ भन्ने हो ।’अमेरिकाले २० अर्ब डलरको रकम विश्व बैंकको कोषमा जम्मा गरिसकेको र त्यहीँबाट त्यो रकम युक्रेनलाई उपलब्ध गराउने उनले मंगलबार जानकारी दिइन् ।
अमेरिकामा हालसालै सम्पन्न निर्वाचनबाट डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनले राष्ट्रपति कार्यभार सम्हाल्ने बित्तिकै रसिया-युक्रेन युद्धलाई सकेसम्म चाँडो अन्त्य गर्ने इच्छा व्यक्त गरेका छन् । यही अवस्थामा अमेरिकाले यो घोषणा गरेको हो ।
ट्रम्पले युक्रेनलाई दिइने सहयोगलाई ‘अमेरिकी स्रोतमा बोझ’ भनेर टिप्पणी गरेका थिए। ट्रम्पको यस बयानपछि नयाँ प्रशासनमा युक्रेनलाई आर्थिक सहायता जारी रहन्छ कि रहँदैन भन्नेबारे शंका उत्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २६ मंसिर २०८१, १२ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका-इरान वार्तामा सहमति जुट्न सकेन
अमेरिका र इरानबिचको उच्चस्तरीय वार्ता सम्पन्न
अमेरिका–इरानसँग असल मनसायका साथ वार्तामा बस्न राष्ट्रसंघका महासचिवको अपिल
पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले राख्यो १० बुँदे प्रस्ताव
अमेरिकाले अस्थायी रूपमा हटायो इरानी तेलमा लगाइएको प्रतिबन्ध