काठमाडौँ । कैलालीको गोदावरीमा भएको मोटरसाइकल दुर्घटनामा कलाकार हिक्मत महराको निधन भएको छ ।
कमेडी च्याम्पियन सिजन २ मा सहभागी भई चर्चामा आएका महराको दुर्घटनामा परी मृत्यु भएको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।
मंगलबार साँझ उनी सवार म २ प ९११७ नम्बरको मोटरसाइकल गोदावरी मन्दिर जाने बाटो नजिक दुर्घटनामा परेका थियो । लगत्तै सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा उनको निधन भएको हो।
महरा कञ्चनपुरको शुक्लाफाटा नगरपालिका–१ का स्थायी बासिन्दा थिए, तर हाल गोदावरी–४ मा बस्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ मंसिर २०८१, ०९ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा गाडी दुर्घटना : एक जनाको मृत्यु, ३ जना घाइते
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते