वीरगन्ज । जिल्ला सरकारी वकिलको कार्यालय पर्साले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग मंगलबार करिब ५ घण्टा बयान लिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमा बिहान ९ बजेदेखि सुरु भएको बयान आजका लागि सकिएको हो ।
जिल्ला सरकारी वकिल कार्यालयका मुख्य न्यायधिवक्ता भोलानाथ निरौलाले सभापति लामिछानेसँग करिब ५ घण्टा बयान गरेको जानकारी दिए । उनले अब लामिछानेसँग लिखित बयान हुने जानकारी दिए ।
पूर्वगृहमन्त्री समेत रहेका लामिछानेमाथि अनुसन्धान नसकिएकाले उनलाई मंगलबार पनि पर्सा प्रहरी कै हिरासतमा राखिने प्रहरी स्रोतले जनाएको छ । सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोप लागेपछि प्रहरीले अनुसन्धान थालेको हो । लामिछानेसहित १४ जनामाथि अनुसन्धान गर्न पर्सा जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ मंसिर २०८१, १४ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा प्रदेश संरचना खारेज गर्ने पक्षमा छैन : रवि लामिछाने
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने