चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अहिले आफुहरुको ध्यान सरकार परिवर्तन तिर नरहेको बताएका छन । आज यहाँ पत्रकारहरुसंग कुराकानी गर्दै उनले अहिले माओवादी केन्द्रको ध्यान जनता तिर रहेको बताए ।
उनले भने “ हामीहरुको ध्यान सरकार तिर छैन । हाम्रो ध्यान जनता तिर छ । जनतालाई परिचालन गर्ने बिषयमा छ ।” सरकारले गरेका नराम्रा कामहरुको खवरदारी गर्दै जनताका मागहरु प्रति आफुहरु केन्द्रीत हुने उनले बताए । उनले थपे “सरकार चलिरहोस् भन्नेमा हो ।”बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) सम्झौता अघि वढ्नु पर्छ भन्नेमा आँफु रहेको उनले बताए । आफ्नो दोस्रो प्रधानमन्त्रीय कायकालमा यो सम्झौता भएको बताउँदै उनले भने “मैले नै सम्झौता गराएको हुनाले यो अगाडी बढ्नुपर्छ भन्नेमा हो ।” बिआरआई र इन्डो प्यासिफिक स्ट्राटेजी (आईपिएस) का बारेमा चासो बढ्नु स्वभाविक भएको बताए ।
चीन र अमेरीका अहिलेका मुख्य प्रतिशपर्धिका रुपमा देखिएकाले दुईवटा रणनीति आउँदा एकले अर्काको बिषयमा चासो राख्नु स्वभाबिक भएको उनले बताए । पूर्ब प्रधानमन्त्री समेत रहेका दाहालले भने “ मैले गत वर्ष भ्रमणमा बिआरआईलाई जोइन्ट स्टेटमेन्टमा प्लान वनाउने कुरा गरेको हो । त्यही अनुसार अगाडी जानु पर्ने मा अहिले कन्फ्यिुजिङ् छ । केपि जीले गरेको सम्झैताको क्लियर पिक्चर आईसकेको त छैन । तर सबैलाई चासोको बिषय हो ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ मंसिर २०८१, १२ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै