झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका– ३, दापगाछीस्थित ‘भ्यु टावर’ नामले चिनिने दमक व्यापारिक कम्प्लेक्सको उद्घाटन गरेका छन् ।
दमकको मुख्य बजार क्षेत्रबाट चार किलोमिटर दुरीमा पर्ने १८ तले कम्प्लेक्स एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा बनेको हो । यसअघि दमक भ्यु टावरका नामले चिनिएको उक्त कम्प्लेक्सलाई अहिले दमक व्यापारिक कम्प्लेक्स भन्न थालिएको छ ।
चार बिघा १६ कट्ठा क्षेत्रफलमा फैलिएको कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा रहेको छ ।
उद्घाटन कार्यक्रममा प्रथम महिला राधिका शाक्य, उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायत सहभागी थिए। प्रधानमन्त्री अोली दमक पुग्दा रास्वपाका नेता कार्यकर्ताले कालो झण्ड देखाउनुका साथै विरोध प्रदर्शन गरेका थिए ।
त्यसक्रममा प्रहरीले रास्वपाका केही नेता कार्यकर्ताहरूलाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ मंसिर २०८१, १६ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीद्वारा एनपिएल विजेता लुम्बिनी लायन्सलाई बधाई
प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौता, जेनजीको तर्फबाट भोजविक्रम थापाले गरे हस्ताक्षर
मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की
सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री र जापानका राजदूतबीच सिंहदरवारमा भेटवार्ता
समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता