धनगढी । बाजुरामा स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ । सदरमुकाम मार्तडीमा सुदूरपश्चिम प्रदेश ०१–००१ च ४३१६ नम्बरको स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्युु हुनेमा भीमदत्त नगरपालिका–१८ की ५२ वर्षीया राधिका भट्ट र ३१ वर्षीय गायत्री पन्त रहेका छन् । पन्तको घटनास्थलमै र भट्टको उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेमा बाजुराको गौमुल गाउँपालिकाका २५ वर्षीय रमेश धामी, कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ का ३९ वर्षीय लोकेन्द्र पन्त र कञ्चनपुरको गुलरियाका मोहनदेव भट्ट रहेको प्रहरीले जनाएको छ ।
उनीहरूको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ मंसिर २०८१, १५ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु