ऋणपत्र जारी गर्दै एनआईसी एशिया बैंक

सफल खबर संवाददाता

बुधबार, ०७ कार्तिक २०७५, १३ : ३५
ऋणपत्र जारी गर्दै एनआईसी एशिया बैंक

काठमाडौं । एनआईसी एशिया बैंकले फेरि ऋणपत्र जारी गर्ने भएको छ । बैंकले १००० रुपैयाँ अंकित दरका ४० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो । ४ अर्ब रुपैयाँको ऋणपत्रको ब्याज दर ११ प्रतिशत तोकिएको छ । ऋणपत्र जारी गर्न बैंकले नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

यसअघि बैंकले जारी गरेको १ अर्ब ८३ करोड रुपैंयाँको ऋणपत्र बाँडफाँड भइसकेको छ । प्रस्तावित ११ प्रतिशत व्याज भएको यस ऋणपत्र लगानीकर्र्ताको लागि उत्कृष्ट प्रतिफल सहितको दीर्घकालीन लगानी गर्ने सुवर्ण अवसर हुने विश्वास बैंकको छ । ऋणपत्र निष्कासन सम्बन्धी सम्झौतापत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र नेपाल एसबिआई मर्चेन्ट बैंकिङका प्रबन्ध निर्देशक छपिराज पन्तले हस्ताक्षर गरेका छन् ।

४ अर्व बराबरको ऋणपत्रमध्ये ८० प्रतिशत हुन आउने ३ अर्ब २० करोडको व्यक्तिगत र २० प्रतिशत हुन आउने ८० करोड रुपैयाँ बराबरको सर्वसाधारणका लागि छुट्याइएको छ । ऋणपत्रको ब्याज अर्द्ध वार्षिक रुपमा भुक्तानी गर्ने छ । ऋणपत्रको अवधि १० बर्षको छ । लगानी विस्तारका लागि ऋणपत्र जारी गरिन्छ। यसले पूँजी कोष अनुपातमा मद्दत गर्छ ।

प्रतिक्रिया दिनुहोस