ललितपुर । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शिक्षालाई ठिक ढंगले लैजान सके मात्र समाजका सबै समस्या हल गर्न सकिने बताएका छन् ।
शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आज ललितपुरको जावलाखेलमा आयोजित १६ औँ वार्षिक साधारण सभामा सभामुख घिमिरेले शिक्षाको ज्ञान र चेतना भर्ने शिक्षकले समाजलाई कता लैजाने भन्ने महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
“शिक्षक शिक्षाको चेतना भर्ने समाजका अगुवा हो, आफू जलेर समाजलाई अगाडि बढाउने शिक्षकले समाजको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ, समाज परिवर्तनमा शिक्षकले धेरै काम गरेका छन्, राजनीतिक विभाजनले गर्दा शिक्षा क्षेत्रमा धेरै प्रगति हुन सकेको छैन, परिवर्तनका लागि शिक्षकहरू एक ठाउँमा उभिनु जरुरी छ,” सभामुख घिमिरेले भने ।
उनले शिक्षकहरूको हितका लागि सानो सानो पूँजी जुटाएर काम गरेको सहकारी संस्थाले उत्कृष्ट काम गर्दै देशभर अगुवाइ गरेर अगाडि बढेकोमा खुसी व्यक्त गरे । उनले भने, “धेरै प्रयत्न गरिएको छ, राजनीतिक दलहरूबीच छलफल गरी आधारभूत कुराहरू टुंगोमा पुर्याएर निकास दिने तयारीमा छौँ ।”
साधारण सभामा नेपाल राष्ट्रिय शिक्षक संघका केन्द्रीय अध्यक्ष विष्णु भण्डारीले शिक्षकहरूद्वारा सञ्चालित ५४ जिल्लाका सहकारीलाई एकत्रित बनाएर बैं
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ मंसिर २०८१, १८ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुखको आचरणबारे उठेको विषयमा संसदमा ध्यानाकर्षण
प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' : सभामुखसँग हर्क साम्पाङको माग
हर्क साम्पाङको प्रश्न- प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' ?
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
विपक्षी दलमाथि सभामुखको असन्तुष्टि: छलफलका लागि बोलाउँदा आएनन्
सभामुख र प्रधानमन्त्रीबीच भेटवार्ता