काठमाडौं । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले आधुनिक विकास निर्माणलाई दिगो बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । बिहीबार काठमाडौंमा ‘आर्कविल्ड एक्स्पो २०२४’ को उद्घाटन समारोहलाईसम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् । नेपाल अहिले तीव्र शहरीकरणबाट गुज्रिरहेको बताउँदै उनले आधारभूत र उत्थानशील पूर्वाधार निर्माणमा स्वदेशी तथा विदेशी ठूलो लगानी, विज्ञता र प्रविधिको आवश्यकता औंल्याए ।
‘नेपालको संविधान लागू भएर देशको संघीय ढाँचामा पुनःसंरचना पश्चात् नेपाल आधुनिक विकास प्रयासमा अगाडि लम्किरहेको छ । विकास प्रयासमा खासगरी आधारभुत र उत्थानशील पूर्वाधार निर्माणमा स्वदेशी तथा विदेशी ठूलो लगानी, विज्ञता र प्रविधिको आवश्यकता रहेको छ,’ उनले भने, ‘अर्कोतर्फ हालको वर्षहरुमा जलवायु परिवर्तन एवं अन्य विपद्का घटनाहरूमा बढोत्तरी भई विकास प्रयासलाई ओझेलमा पार्नेगरी विनासकारी प्रभावहरू बढेर गएका छन् । यस परिपेक्षमा हाम्रा शहरहरू र समुदायहरूको दिगो भविष्य सुनिश्चित गर्ने समाधानका उपायहरू खोजी गर्न आजको चुनौती रहेको छ ।’
नेपालको विविधतायुक्त भुगोल, पर्यावरण र सामाजिक सांस्कृतिक परिवेशमा पूर्खाको ज्ञान र पौरखले सिर्जित ऐतिहासिक र परम्परागत बस्ती, स्थानीय मौलिक वस्तुकला, निर्माणशैली र मूर्त, अमूर्त सम्पदाहरु नेपालको ठूलो सम्पती भएको उल्लेख गरे ।
पछिल्लो समय जलवायु परिवर्तन एवं अन्य विपद्का घटनाहरूमा बढोत्तरी भइ विकास निर्माणलाई ओझेलमा पारेको उनले बताए । विनाशकारी प्रभावहरू बढिरहेको उल्लेख गर्दै शहरहरू र समुदायहरूको दिगो भविष्य सुनिश्चित गर्न समाधानका उपायहरूको खोजी आजको चुनौती रहेको पनि बताए ।
‘नेपालको विविधतायुक्त भुगोल, पर्यावरण र सामाजिक सांस्कृतिक परिवेशमा पूर्खाको ज्ञान र पौरखले सिर्जित ऐतिहासिक र परम्परागत बस्ती स्थानीय मौलिक वस्तुकला, निर्माणशैली र मूर्त, अमूर्त सम्पदाहरू हाम्रो ठूलो सम्पती हुन्,’ उनले भने, ‘यिनले स्थानीय स्रोत साधन र सीपको समुचित उपयोग, रोजगारी सिर्जना र पर्यटकीय लाभसहित आवश्यक आर्थिक अवसरहरुको सिर्जना गर्दै आइरहेका छन् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० मंसिर २०८१, १३ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारमा अस्थिरता बढेकैले कांग्रेस-एमालेले ७ बुँदे सहमति गरेका हुन् : उपप्रधानमन्त्री सिंह
बौद्ध धर्म र लुम्बिनी एक अर्काको पर्याय भएका छन् : उपप्रधानमन्त्री सिंह
चुरे संरक्षणका लागि दोहन रोकौँ’: उपप्रधानमन्त्री सिंह
देशमा केही भएको छैन भन्ने गलत भाष्य भ्रम फैलाउने प्रयास भइरहेको छ: उपप्रधानमन्त्री सिंह
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
अर्थतन्त्र चलायमान बनाउन महिलाको भूमिका महत्त्वपूर्ण: उपप्रधानमन्त्री सिंह