काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई उच्च शिक्षा अध्ययनका लागि विदेशीहरूको गन्तव्य बनाउन सकिने प्रशस्तै सम्भावना रहेको बताएका छन्।
काँग्रेस शिक्षा नीति बहसलाई सम्बोधन गर्दै युवाहरूलाई स्वदेशमै रोक्ने कार्यक्रम अघि सार्नुपर्नेमा जोड दिए। उनले कक्षा १२ पास हुनेबितिकै विद्यार्थीहरू विदेशीने डरलाग्दो समस्या देखिएको बताए।
उनले भने, ‘नेपाललाई विदेशी विद्यार्थीहरूका लागि उच्च शिक्षाको गन्तव्य बनाउने प्रशस्तै सम्भावना हुँदा हुँदै पनि यतैबाट नेपाली विद्यार्थीहरू बाहिरिनु सोचनीय विषय हो। युवालाई स्वदेशमै रहने वातावरण मिलाउन शिक्षालाई सीप र सीपलाई रोजगारीसँग जोड्न आवश्यक छ।’ शिक्षा क्षेत्रको आवश्यक सुधारका लागि नीतिगत सुधार गर्न काँग्रेसले पहल गर्ने बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ मंसिर २०८१, १८ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन
प्रधानमन्त्रीले बोलेको कुरामा संसद अल्मलिएर बस्नु हुँदैन: कांग्रेस
काँग्रेसमा क्रियाशील सदस्यता अद्यावधिकका लागि आज अन्तिम समय सीमा
पूर्वमन्त्री दीपक खड्कासहित ३ नेतालाई काँग्रेसले सोध्यो स्पष्टीकरण