काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौँ, बुढानीलकण्ठ नगरपालिका-६ टनागाउँ डेरा गरी बस्ने मकवानपुर घर भएका २५ वर्षीय उमेश मोक्तान आफ्नै डेरा कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
मोरङ, रतुवामाई नगरपालिका-४ पैयामारी बस्ने ४२ वर्षीय शम्भु मुखिया सोही ठाउँस्थित पैयामारी चोकस्थित बाटोको किनारामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
बारा, सिम्रौनगढ नगरपालिका-२ अमृतगंजस्थित आँपको बगैंचामा सोही नगरपालिका-७ झवानी बस्ने ५० वर्षीय जङ्गीलाल महरा सोमबार मृत अवस्थामा फेला परेका छन् । रोल्पा, रोल्पा नगरपालिका-१० धवाङ बस्ने ७७ वर्षीया पिवली सुनार सोही नगरपालिका-१ पानास्थित भिरमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० आपखोली बस्ने ५० वर्षीय लोक बहादुर थापा सोही ठाउँस्थित जंगलमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ मंसिर २०८१, १२ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीको गैँडाकोटमा एक युवती मृत फेला
धनगढीको जङ्गलमा एक युवक मृत अवस्थामा फेला
अरुण तेस्रो आयोजनामा मोरङका युवक मृत भेटिए
झापामा जंगली हात्ती मृत फेला
वीरेन्द्रनगरमा किशोरकिशोरी मृत फेला
काठमाडौमा एक व्यक्ति मृत फेला