काठमाडौं । सन् २०२४ को नोभेम्बर महिनामा एक लाखभन्दा बढी हजार विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार यस महिनामा एक लाख १४ हजार ५०१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।
यो सङ्ख्या तीन वर्ष यताकै सर्वाधिक हो । २०२३ को यस महिना एक लाख ८ हजार ६३० जना विदेशी पाहुना आएका थिए भने २०२२ मा ७२ हजार ६५३ जना आएका थिए । सन् २०२१ को नोभेम्बर महिनामा २६ हजार १३५ जना मात्रै पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
नोभेम्बरमा सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट १९ हजार ९१५ जना पर्यटक नेपाल भित्रिएका छन् । सोही अवधिमा अर्को छिमेकी मुलुक चीनबाट ९ हजार ४५८ जना पर्यटक नेपाल आउँदा संयुक्त राज्य अमेरिकाबाट १० हजार ९८१ जना पर्यटक नेपाल भित्रिएका छन् ।
त्यस्तै, यस महिना बेलायतबाट ६ हजार ६११ जना पर्यटक नेपाल आएका छन् भने बंगलादेशबाट ५ हजार १४८ जना आएका छन् । यसका साथै अष्ट्रेलियाबाट ४ हजार ८२९ जना, थाइल्याण्डबाट ४ हजार ४६२ जना, श्रीलंकाबाट ४ हजार ३९४ जना, जर्मनीबाट ३ हजार ९२६ जना र फ्रान्सबाट ३ हजार ८४१ जना पर्यटक नेपाल भित्रिएको पर्यटन बोर्डले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ मंसिर २०८१, १५ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुख्य याममा सौराहामा पर्यटक घटे
मुस्ताङमा सात महिनामा तीन लाख २५ हजार बढी पर्यटक भित्रिए
सन् २०२५ मा ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए
एक वर्षमा १५ हजार विदेशी पर्यटकले गरे मनास्लु भ्रमण
मुस्ताङमा विदेशी पर्यटकको सङ्ख्या १८ प्रतिशतले वृद्धि
नोभेम्बरमा भित्रिए एक लाख १६ हजार पर्यटक