रौतहट । रौतहटमा पौडी खेल्ने क्रममा पानीमा डुबेर दुई युवकको मृत्यु भएको छ।
गिरुडा–२ गेडहीगुठीस्थित लमाहा खोलामा डुबेर स्थानीय दुई युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
मृत्यु हुनेमा गरुडा नपा–२ गेडाहीका देवालाल साहका छोरा १८ वर्षीय जितेन्द्र साह र उमेश साहका छोरा १८ वर्षीय राजीव साह रहेका छन्।
शुक्रबार दिउँसो पौडी खेल्ने क्रममा उनीहरु दहमा डुबेका हुन्। अचेत अवस्थामा उद्धार गरेर नजिकैको अस्पताल पुर्याउँदा चिकित्सकले दुवै युवकलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ मंसिर २०८१, ०७ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खोलामा डुबेर एक जनाको मृत्यु
कारको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु