रौतहट । रौतहटमा पौडी खेल्ने क्रममा पानीमा डुबेर दुई युवकको मृत्यु भएको छ।
गिरुडा–२ गेडहीगुठीस्थित लमाहा खोलामा डुबेर स्थानीय दुई युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
मृत्यु हुनेमा गरुडा नपा–२ गेडाहीका देवालाल साहका छोरा १८ वर्षीय जितेन्द्र साह र उमेश साहका छोरा १८ वर्षीय राजीव साह रहेका छन्।
शुक्रबार दिउँसो पौडी खेल्ने क्रममा उनीहरु दहमा डुबेका हुन्। अचेत अवस्थामा उद्धार गरेर नजिकैको अस्पताल पुर्याउँदा चिकित्सकले दुवै युवकलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ मंसिर २०८१, ०७ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु