हेटौंडा । मकवानपुरमा आज बिहान दुईवटा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । भुईंमा लत्रिएको तारबाट करेन्ट लागेर र अटो रिक्साको ठक्करबाट एक–एक जनाको मृत्यु भएको हो ।
मनहरी गाउँपालिका–८ दारिमबास घर भएका ३८ वर्षीय मंगल सिङ प्रजाको बिहान करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। घरबाट मनहरी बजारतर्फ ज्यामी काम गर्न जाने क्रममा उनलाई चुँडिएर भुईंमा लत्रिएको ११ हजार भोल्टेजको हाइटेन्सन तारबाट करेन्ट लागेको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
मनहरी–८ दारीमबास बस्ने ४० वर्षीय इन्द्रमाया मगरले बिहान ७ बजे भुईँमा लडेका प्रजालाई देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । मगरले भुईँमा झुण्डिएको तरबाट आफूलाई पनि करेन्टको झट्का लागेको बताएको प्रहरीले जनाएको छ ।
यसैगरी, आज बिहान सवा ६ बजे हेटौंडा उपमहानगरपालिका–६ चौघडाबाट चुच्चेखोला बजारतर्फ जाँदै गरेको अटोले ठक्कर दिँदा एकजना पैदलयात्रीको मृत्यु भएको छ । ना २ ह २६९२ नम्बरको अटोले शान्तिटोल बस्ने ६८ वर्षीय जनक राईलाई ठक्कर दिएको थियो । राईको उपचारको क्रममा भरतपुर मेडिकल कलेज चितवनमा मृत्यु भएको डिएसपी अर्यालले जानकारी दिए ।
अटो चालक ३१ वर्षीय शंकर सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएका छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ मंसिर २०८१, १२ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महोत्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु
खाडलको पानीमा पौडी खेल्दा दुई बालबालिकाको मृत्यु
जेन जेड प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुग्यो
जेन जेडको प्रदर्शनमा घाइते भएका थप २ जनाको मृत्यु
हेटौँडामा चट्याङ लागेर एक जनाको मृत्यु
सिन्धुलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु