रौतहट । रौतहटको सदरमुकाम गौरमा एकै रातमा छुट्टाछुट्टै दुई पसलको ताल्चा फुटाएर लाखौँको मोबाइल चोरी गर्ने दुई जनालाई प्रहरीले चोरी गर्दागर्दै पक्राउ गरेको छ ।
चोरीको मोबाइलसहित पक्राउ पर्नेहरुमा स्थानीय राजदेवी नगरपालिका ९ ब्रहमापुरीका वर्ष १९ का शिवजी मण्डल र सोही ठाउँका वर्ष १८ का नीरज मण्डल रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताए ।
उनीहरूमाथि बिहीबार चोरी सम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता डिएसपी रायले जानकारी दिएका छन्। गत बुधबार राति उनीहरूले गौरस्थित चौधरी मार्केटभित्र नेशनल मोबाइल पसलको ताल्चा फुटाएर १५ थान मोबाइल चोरेर लागेका थिए।
लगत्तै राति डेढ बजे गौर स्थित बरहवा पुल नजिक गौर इन्टर प्राईजेज मोबाइल पसलको ताल्चा फुटाएर ४ वटा मोबाइल चोरी गरेको थियो। सोही क्रममा जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोली र स्थानीय मिलेर दुबैजना लाई चोरी गर्दा रंगेहात पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ। पक्राउ परेका दुवैजना जिल्ला प्रहरी कार्यालय रौतहटको नियन्त्रणमा रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ मंसिर २०८१, १० : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा एकल महिलामाथि बोक्सीको आरोपमा अमानवीय व्यवहार, एक जना पक्राउ
देशभर लागुऔषधसहित २७ जना नियन्त्रणमा
इन्द्रकुमार चाम्लिङ पक्राउ
स्रोत नखुलेको २७ लाख नगदसहित विराटनगर विमानस्थलबाट २ युवक पक्राउ
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ