काठमाडौं । जनमत पार्टीले सरकारलाई दिएको समर्थन नगर्ने स्पष्ट पारेको छ । सरकार र जनमत पार्टी बीच विवाद उत्पन्न भएकाले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने चर्चा चलेको थियो ।
जनमत पार्टीको सांसद गोमा लाभ सापकोटालाई सभामुख देवराज घिमिरेले नहटाउने निर्णय लिएका थिए । पार्टीका अध्यक्ष सीके राउतले कम्बोडियाको प्रधानमन्त्री सामडेक हुन मानेटलाई भेट्दा नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीप्रति टिप्पणी गरेका थिए ।
सामाजिक सञ्जालमा उनले लेखेका थिए,‘ कम्बोडियाका प्रधानमन्त्री सामडेक हुन मानेट सँग भेटवार्ता । बरू, नेपालकै प्रधानमन्त्री भेट्न साह्रै गाह्रो ।’ सरकारको निर्देशन अनुसार सभामुखले आफ्नो सांसद नहटाएको प्रतिक्रिया र पार्टी अध्यक्षको प्रधानमन्त्रीप्रति कटाक्षले जनमले सरकारलाई दिएको समर्थन फिर्ताले आशंकाहरु व्यक्त भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ मंसिर २०८१, १४ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमत पार्टीद्वारा प्रधानमन्त्रीसमक्ष ११ बुँदे मागपत्र पेश, संघीय संरचना र समावेशितामा जोड
विभिन्न संरचनागत मागसहित जनमत पार्टीको प्रदर्शन
मधेश प्रदेश सरकारबाट जनमत पार्टी अलग
जनमत पार्टीको महाधिवेशन असोजमा हुने
जसपा नेता वीरेन्द्र महतो जनमत पार्टी प्रवेश, सिरहा–४ बाट चुनाव लड्ने
जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले दिए राजीनामा