काठमाडौँ। मकवानपुर र बाराको सिमानामा कन्टेनर पल्टिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । हेटौँडा उपमहानगरपालिका-१५ चुरियामाईको उकालोमा प्रदेश-२-०३-००१ ख ६७८० नम्बरको मालवाहक कन्टेनर पल्टिँदा सडक पूर्णरुपमा बन्द भएको छ ।
मोबिल बोकेको कन्टेनरले बाटो वारपार पूरै ढाकेको छ । त्यसैले एक घण्टादेखि दर्जनौँको संख्यामा साना-ठूला सवारी गन्तव्यमा पुग्नबाट रोकिएका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
कन्टेनर वीरगञ्जबाट काठमाडौँ आउँदै थियो । दुर्घटनामा कन्टेनर चालक मनहरी गाउँपालिका–६ बस्ने ३० वर्षीय महेश मोक्तान घाइते भएका छन् । उनको दाहिने हातमा चोट लागेकाले उपचारका लागि हेटौँडा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
चुरियामाईको उकालोमै कन्टेनर पल्टिएकाले वैकल्पिक सडक प्रयोग गरेर आउ-जाउ गर्ने अवस्था पनि छैन । कन्टेनरलाई पन्छाएर सडक खुलाउने प्रयास भइरहेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ ।
 
                 
                     
                                     
                    
 
                     
                                                 
                                                 
                                                _20251024072916.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ मंसिर २०८१, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वर्षाले नौ राजमार्ग अवरुद्ध
बाढी र पहिरोका कारण देशभरका विभिन्न स्थानमा राजमार्गहरू अवरुद्ध
वर्षाका कारण देशभरका आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
रसुवामा पासाङल्हामु सडक अवरुद्ध
गुल्मीको कालीगण्डकी करिडोर अवरुद्ध
देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित)