काठमाडौं। तीन सय बढी किलोग्राम गाँजासहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक मकवानपुर र दुई जना बाराका हुन् । मकवानपुरको भिमफेदी गाउँपालिका-२ भैंसे चेकप्वाईन्टबाट १ सय ६० किलोग्राम गाँजासहित गोरखा घर भएका २८ वर्षीय अमिर मियालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले पालुङबाट हेटौंडातर्फ जाँदै गरेको प्र.३-०१-०२३ च ८०४७ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा उनलाई गाँजासहित नियन्त्रणमा लिएको हो ।
यसैगरी, बाराको कोल्हवी नगरपालिका-५ सोनाभार टोलबाट करिब १ सय ७० किलोग्राम गाँजासहित ५२ वर्षीया मनमती देवी र ५० वर्षीय रमोद चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय कोल्हवी र सशस्त्र बेश कोल्हवीबाट खटिएको संयुक्त टोलीले मनमतीको घर तलासी गर्दा गाँजा फेला पारी दुवै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ मंसिर २०८१, १३ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ई-सेवा कर्मचारी बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ
कालीमाटी र बल्खुबाट ३५ जना बिचौलिया पक्राउ
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ
१२ लाख मूल्य बराबरको साउदी रियालसहित एकजना पक्राउ
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ