काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको लोभ देखाएर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मकनवानपुरको बकैया गाउँपालिका–५ घर भइ काठमाडौंको नागार्जुन नगरपालिका–५ सितापाइला बस्ने ३९ वर्षीय सुवर्ण कुमार बल र सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ घर भइ काठमाडौंको टोखा नगरपालिका–८ बस्ने २८ वर्षीया मनिषा कुमारी छन् ।
सुवर्णले क्रोएसिया पठाइदिन्छु भन्दै एकजना पीडितबाट १५ लाख रूपैयाँ र मनिषाले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ४५ हजार रूपैयाँ लिई ठगी गरेको आरोप छ ।
रकम लिएपछि सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले सुवर्णलाई काठमाडौंको बाफलबाट सोमबार र मनिषालाई नयाँबसपार्कबाट मंगलबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौं पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ मंसिर २०८१, १२ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ई-सेवा कर्मचारी बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ
कालीमाटी र बल्खुबाट ३५ जना बिचौलिया पक्राउ
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ
१२ लाख मूल्य बराबरको साउदी रियालसहित एकजना पक्राउ
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ