काठमाडौँ । सभामुख देवराज घिमिरे पाँच दिने कम्बोडिया भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । उनी मंगलबार साँझ काठमाडौँको अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।
सभामुख घिमिरेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेलगायत उच्च अधिकारीले स्वागत गरेका छन् ।
सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आईपीटीपी)को ११ औँ पूर्ण सत्रमा सहभागी हुन पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै सभामुख घिमिरे कम्बोडिया गएका थिए । भ्रमणका क्रममा उनले गत आइतबार सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आईपीटीपी)को ११ औँ पूर्ण सत्रमा सम्बोधन गर्नुको साथै उच्चस्तरीय भेटघाट पनि गरेका थिए ।
सभामुख घिमिरेले कम्बोडिया भ्रमण सफल रहेको बताउँदै नेपालको शान्ति प्रक्रियाको उपलब्धि विश्वभर प्रवर्द्धन गर्न सफल भएको उल्लेख गरे ।
‘नेपाल विश्वभरका जनताहरू शान्ति, समृद्धि र मेलमिलापमा जीवन बिताउन् भन्ने चाहन्छ,’ विमानस्थलमा सभामुख घिमिरेले भने, ‘नेपालले दशक लामो गृहयुद्धलाई शान्तिपूर्ण वार्ताबाट टुंगोमा पुर्याएको उपलब्धि विश्वका अन्य देशलाई पनि प्रेरणादायी बन्न सक्दछ । नेपालको मौलिक शान्ति प्रक्रियाको सफलता प्रवर्द्धन गर्न भ्रमण सफल भएको छ ।’
कम्बोडिया पनि नेपालजस्तै घरेलु द्वन्द्वलाई शान्तिपूर्ण तवरले अन्त्य गर्दै विकास र समृद्धिको यात्रामा अगाडि बढेको बताउँदै सभामुख घिमिरेले मेलमिलापबाटै पुनर्निर्माण र समृद्धि सम्भव हुने धारणा राखे । उनले युद्धबाट बाहिर निस्कँदै सीमित कम्बोडियाली नेताहरूले सुरु गरेको समृद्धि यात्राबाट पाएको सफलता नेपालका लागि सिकाइको विषय हुने बताए । आफूले विश्व समुदायलाई राजनीतिक संवाद, समावेशिता र मेलमिलापबाटै शान्ति स्थापना गर्न सकिने धारणा राखेको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १२ मंसिर २०८१, ०६ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिचाङका सभामुखसँग महावाणिज्यदूत निरौलाको शिष्टाचार भेट
मधेशका सभामुख यादवद्वारा पदभार ग्रहण
मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित
मधेसमा सभामुखका लागि दुई जनाको उम्मेदवारी
रामआशिष यादवलाई मधेशको सभामुख बनाउने सहमति
सरकारले संसद् सचिवालयमाथि आर्थिक बन्देज लगाउने प्रयास गरिरहेको छ: सभामुख