धनकुटा। धनकुटामा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका- ७ मोतिगडाका २८ वर्षीय सोमनाथ भन्ने सुजन गिरी छन् । उनलाई सोमबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सुजनले ती किशोरीलाई सुनसरीको इटहरीस्थित एक होटलमा कात्तिक ३० गते बलात्कार गरेको भन्ने उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी मुढेबास धनकुटाबाट खटिएको प्रहरीले उनलाई चौबीसे गाउँपालिका- २ टोक्रोम्बास्थित शुक्रबारे बजारबाट पक्राउ गरेको हो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ मंसिर २०८१, १३ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ