काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंसिर ३ गते बाजुराबाट थालेको सुदुरपश्चिम यात्रा कैलाली पुगेर टुंग्याएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा भएको यात्राको क्रममा सुदरपश्चिमका पाँच जिल्लामा राप्रपाले आमसभा गरेको थियो।
बाजुरा, अछाम, डोटी, कञ्चनपुरका हजारौँ जनतासँग प्रत्यक्ष संवाद गर्दै कैलालीको साँढेपानीमा पुगेर यात्रा सम्पन्न गरेको अध्यक्ष लिङ्देनले बताए। उनले यात्राको क्रममा पार्टीप्रति जनताको विश्वास बढेको भन्दै अन्य पार्टीका नेता कार्यकर्ता पनि पार्टी प्रवेश गरेको बताए। कैलालीमा भएको अन्तिम सभालाई सम्बोधन गर्दै लिङ्देनले देशलाई सही बाटोमा लैजाने कामको नेतृत्व राप्रपाले मात्रै गर्नसक्ने जिकिर गरे।
उनले भने, ‘अब देश बचाउनको लागि यो पुरानो नेतृत्व र व्यवस्थालाई विस्तापित गर्न हामी तयार हुनुपर्छ। हाम्रो देश मात्रै नबन्ने होइन। धेरै लामो समय लाग्दैन। इमान्दार नेतृत्व हुने हो भने १० वर्षभित्र देशले मुहार फेरिसक्छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ मंसिर २०८१, १२ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मानव बेचबिखनमा संलग्न समूहविरुद्ध कडा कारबाही गर्न राप्रपाको माग
राप्रपाको मुख्यसचिवमा प्रा. डा. जयन्तनाथ खनाल मनोनयन
राप्रपाद्वारा आगामी महाधिवेशन तयारीका लागि कार्यतालिका समिति गठन
प्रतिनिधिसभा सरकारको कठपुतली होइन : राप्रपा
राप्रपाका दुई केन्द्रीय सदस्यद्वारा राजीनामा
राप्रपा उपाध्यक्ष पाण्डे ८ दिन हिरासतमा रहने