काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसलाई कसैले दबाउन खोजे आफैँ समाप्त हुने बताएका छन् ।
बिहीबार रौतहटको ईशनाथ नगरपालिका-७ मा आयोजित पार्टीको चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधनका क्रममा उनले काँग्रेसकै कारण देशमा राणा शासन र राजतन्त्रको अन्त्य भएको दाबी गर्दै आफ्नो पार्टीलाई बलियो बनाउनुपर्ने बताए । ‘काँग्रेस ठूलो इतिहास बोकेको पार्टी हो, ‘उनले भने, ‘काँग्रेसलाई कसैले दबाउन खोजे आफैँ समाप्त हुन्छ । राणा र राजतन्त्रविरुद्ध लडेको पार्टी हो ।’
काँग्रेसले राणा र राजा फालेर देशमा इतिहास रचेको भन्दै उनले मंसिर १६ गते हुने उपनिर्वाचनमा काँग्रेसका उम्मेदवारहरूलाई अत्यधिक मत दिएर विजयी बनाउन मतदातालाई आग्रह गरे । उनले काँग्रेससँग मधेसको विशेष सम्बन्ध रहेको समेत उल्लेख गरे । मधेसको विकास र समृद्धिका लागि काँग्रेसलाई जिताएर अझै मजबुत एवं शक्तिशाली बनाउनुपर्नेमा उनले जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ मंसिर २०८१, २० : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पराजयको सम्पूर्ण दोष बोक्न तयार छु: विश्वप्रकाश शर्मा
मतदाताको फैसला स्वीकार्य छ : विश्वप्रकाश शर्मा
मतदान पछि विश्वप्रकाश शर्माले भने- भयरहित वातावरणमा मतदान गरौँ
शेरबहादुर देउवालाई विनम्रतापूर्वक आग्रह गरेर नेतृत्व छाड्न लगाएका हौँ : विश्वप्रकाश शर्मा
चुनावपछि काँग्रेस पहिलो पार्टी बन्ने विश्वप्रकाश शर्माको दाबी
‘पहिलो हुने दलको प्रधानमन्त्रीलाई पूरै ५ वर्ष सरकार चलाउने सुनिश्चितता गरौँ’ : विश्वप्रकाश शर्मा