काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज बस्ने भएकाे छ । अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने तय भएको हाे ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमण, यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन र शान्ति सुरक्षाका विषयमा छलफल हुने बताइएको छ ।
साथै बैठकमा मन्त्रालयगत नियमित एजेन्डामा पनि छलफल हुने बताइएको छ । यसअघि मंगलबार बोलाइएको बैठक प्रधानमन्त्रीको व्यस्तताका कारण स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ मंसिर २०८१, ०९ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेटअघि मन्त्रालय पुनर्संरचना : आज मन्त्रिपरिषद् बैठकमा मर्ज र खारेजको खाकामा छलफल
मन्त्रिपरिषद्को आकस्मिक बैठक दिउँसो १ बजे बस्दै
सरकारले प्रतिवेदन अनुसार कार्य गरेको दाबी
यस्ता छन् मन्त्रिपरिषद्का ७ निर्णय
मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पायो पूर्णता
मधेश सरकारको मन्त्रिपरिषद् विस्तार, दुई मन्त्री नियुक्त