झापा । सभामुख देवराज घिमिरेले शिक्षा क्षेत्र पुरानै नीतिअनुसार चलिरहेको बताउँदै चाँडै शिक्षा विधेयक पास गरेर ऐन निर्माणको तयारी भइरहेको बताएका छन् ।
आज बिर्तामोडस्थित इन्द्रचन्द्र क्याम्पसको ११ औँ साधारण सभालाई सम्बोधन गर्दै उनले शिक्षा क्षेत्रमा तीव्र प्रतिस्पर्धा भइरहेको र सोही अनुसार मेहनत गर्न शिक्षा क्षेत्रमा कार्यरत सम्पूर्णलाई आग्रह गरे । “विद्यार्थीहरू गुणस्तरीय र सुविधा सम्पन्न शैक्षिक संस्था खोजिरहेका छन्”, उनले भने, “सोहीअनुसार व्यवस्थापन गर्न सक्नुपर्छ ।”
क्याम्पस प्रमुख प्रकाश दाहालले क्याम्पसको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा जग्गादाता, अक्षयकोषका दाताहरू, उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०५ मंसिर २०८१, १९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘देशको असहज अवस्थालाई स्थायित्वमा रूपान्तरण गर्नुपर्छ’ : सभामुख घिमिरे
‘नेपाल सम्वत् हाम्रो स्वाभिमान, स्वतन्त्रता र राष्ट्रिय पहिचानको प्रतीक हो’: सभामुख घिमिरे
सभामुख घिमिरेले दलका नेतापछि संविधानविद्हरूसँग थाले कानुनी परामर्श
संसद् विघटनबारे सभामुख घिमिरेद्वारा दलहरूको राय माग
‘दसैँ नेपाली समाजमा मेलमिलाप र पुनर्मिलनको पर्व हो’ : सभामुख घिमिरे
संविधानविरोधी गतिविधिलाई समयमै बुझ्न जरुरी छ : सभामुख घिमिरे