नयाँ दिल्ली । बढ्दो वायु प्रदूषणको चपेटामा आएको दिल्ली सहित एनसीआर आधा लकडाउनमा छ । बढ्दो प्रदूषणलाई ध्यानमा राख्दै दिल्ली सरकारले सरकारी कार्यालयका ५० प्रतिशत कर्मचारीलाई घरबाट काम गर्ने र ५० प्रतिशतलाई मात्रै कार्यालयमा आएर काम गर्ने घोषणा गरेको छ ।
राजधानीमा प्रदूषणको स्तर बढ्दै गएपछि सरकारले कयौँ कुरामा प्रतिबन्ध लगाएको छ । विद्यालय र कलेजहरू बन्द भएका छन् । अब कर्मचारीको स्वास्थ्यलाई ध्यानमा राख्दै घरबाटै काम गर्न भनिएको छ ।
प्रदूषण कम गर्न सरकारले सरकारी कार्यालयका आधा कर्मचारीलाई घरबाटै काम गर्ने निर्णय गरेको दिल्लीका वातावरण मन्त्री गोपाल राईले एक्समा एउटा पोस्टमा लेखेका छन् । यो नीति कार्यान्वयनका लागि आज दिउँसो १ बजे सचिवालयमा पदाधिकारीसँग बैठक बस्ने बताइएको छ ।
बढ्दो एक्यूआईलाई दृष्टिगत गरेर गुरुग्राममा पनि जिल्ला प्रशासनले मङ्गलवार घरबाट कामको लागि सल्लाह जारी गरेको छ। उपयुक्त अजयकुमारले जारी गरेको यो सल्लाहमा कर्पोरेट र निजी क्षेत्रका कम्पनीहरूलाई आफ्ना ५० प्रतिशत कर्मचारीलाई घरबाट काम गर्न अनुमति दिन भनिएको छ ।
दिल्ली–एनसीआरमा स्कुलहरू बन्द
वायु प्रदूषण अत्यन्तै गम्भीर श्रेणीमा पुगेपछि दिल्लीका मुख्यमन्त्री आतिशीले कक्षा १२ सम्मका विद्यालयहरू बन्द गर्ने आदेश दिएकी छिन् । सबै कक्षाहरू अनलाइन सञ्चालन हुनेछन् । साथै, एनसीआरका फरीदाबाद, गाजियाबाद, गुरुग्राम, नोएडाका जिल्ला प्रशासनले पनि कक्षा १२ सम्मका विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । केही कलेजले अनलाइन कक्ष सञ्चालनको तयारी गर्ने भएका छन् ।
दिल्लीमा अत्यावश्यक वस्तु ओसारपसार गर्ने बाहेक सबै ट्रक छिर्न रोक लगाइएको छ । एलएनजी, सीएनजी, बीएस–भीआई डिजेल वा इलेक्ट्रिक पावर जस्ता स्वच्छ इन्धनमा चल्ने व्यावसायिक सवारीहरूलाई प्रतिबन्धबाट छुट छ ।
यसैबिच, दिल्लीबाहिर गैर अत्यावश्यक हलुका सवारीमा साधनमा प्रतिबन्ध लगाइएको छ । यो प्रतिबन्ध दिल्लीमा मात्र नभएर गुरुग्राम, फरीदाबाद, गाजियाबाद र गौतम बुद्ध नगर जस्ता वरपरका क्षेत्रहरूमा पनि लागू हुनेछ । नियम उल्लङ्घन गर्नेलाई २० हजार जरिवाना तिराइनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ मंसिर २०८१, ११ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्वजनिक सुनुवाइमा दिल्लीका मुख्यमन्त्रीमाथि आक्रमण प्रयास
इरानबाट २८२ भारतीय दिल्ली पुगे
दिल्लीमा भीषण हुरी र वर्षा: सडक जलमग्न
दिल्ली मुख्यमन्त्रीको रूपमा रेखा गुप्ताले लिइन् शपथ
शनिबार पनि दिल्लीको हावा 'गम्भीर' श्रेणीमा, काठमाडौँ प्रदूषित सहरको शीर्ष १० मा
दिल्ली प्रहरीले बरामद गर्यो २० अर्ब भारुको कोकिन