काठमाडौं । चुनावबाट नयाँ नेतृत्व चयनको माग गर्दै माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका तीन नेता पार्टी केन्द्रीय कार्यालयमा आमरण अनसन बसेका छन् । निवर्तमान केन्द्रीय उपाध्यक्ष तथा कार्यालय प्रमुख केशव रावल, निवर्तमान केन्द्रीय सदस्य खकेन्द्र रावल र निवर्तमान केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला उपाध्यक्ष जनक ढुंगानाले आजदेखि आमरण अनसन सुरु गरेका हुन् ।
अखिल क्रान्तिकारीको स्थगित बन्दसत्र मंसिर २३ गतेदेखि नै सुरु गरी निर्वाचनमार्फत् नयाँ नेतृत्व चयनको माग राख्दै केन्द्रीय कार्यालय पेरिसडाँडा परिसरभित्रै आमरण अनसन बसेको निवर्तमान केन्द्रीय उपाध्यक्ष रावलले बताए ।
‘पार्टीले हाम्रा माग सम्बोधनको सुनिश्चित गरी सर्कुलर नगरेसम्म आमरण अनसन जारी हुन्छ,’ रावलले भने । गत असोज १० गतेदेखि काठमाडौंको कीर्तिपुरमा सुरु २३ औं राष्ट्रिय सम्मेलनमा उमेर हदको विषय पेचिलो बनेपछि नयाँ नेतृत्व चयन नगरी स्थगित गरिएको थियो । अध्यक्ष मण्डलको बैठकले स्थगित सम्मेलन मंसिर २३ र २४ गते गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ मंसिर २०८१, १३ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै