पाल्पा । पाल्पामा एक महिला मृत फेला परेकी छन्।
रामपुर नगरपालिका ३ मा पर्ने बगाहा–सीताकुण्ड सडक खण्डमा स्थानीय डिलबहादुर सारुकी श्रीमती ६५ वर्षीया सुकमाया गिरी सारु शनिबार साँझ मृत फेला परेकी हुन्।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार सडकको नालीमा अचेत अवस्थामा भेटिएकी सुकमायालाई उपचारका लागि रामपुर अस्पताल लगिएको थियो।
अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। उनको मृत्युको कारण खुलेको छैन।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ मंसिर २०८१, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपुरमा पोथी गैँडा मृत फेला
टेकु दोभानमा एक जना मृत फेला
तनहुँमा दुई महिला मृत भेटिए, पहिचान खुल्न बाकी
चितवनको जङ्गलमा एक पुरुष मृत फेला
महिला झुण्डिएको अवस्थामा मृत फेला
कलाकार अभिनास झाकी पत्नी मृत फेला