बुटवल । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज भैरहवाबाट पोखरा पठाइने भएको छ।
रुपन्देहीका एसपी रञ्जित राठोरले आज विमानस्थल खुलेपछि पोखरा पठाउने तयारी गरेको बताए । भैरहवामा गौतमबुद्व विमानस्थल मौसम प्रतिकुलताका कारण ११–१२ बजे यता खुल्ने सम्भावना कम रहेको बताइएको छ ।
मंगलबार कास्कीबाट भैरहवा ल्याइएका लामिछानेलाई बुटवलको सुप्रिम सहकारीको सङ्गठित ठगी आरोपमा बयान लिएको थियो ।
उनलाई अहिले जिल्ला प्रहरी कार्यालयमा रुपन्देहीमा नै राखिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० कार्तिक २०८१, ०८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेमाथि सूक्ष्म अनुसन्धान गर्न मानव अधिकार आयोगको सिफारिस
रविलाई दिल्लीको निम्तो, भ्रमण तय हुनु आफैंमा अर्थपूर्ण घटनाक्रम
भारतको औपचारिक भ्रमणमा जाँदै रवि लामिछाने
रवि लामिछानेविरुद्ध लगाइएको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग खारेज
कोशी र मधेस प्रदेशका सांसदसँग छलफल गर्दै रास्वपा सभापति लामिछाने
पारिवारिक घुमघामका लागि रवि लामिछाने नगरकोटमा, आज त्यहीं बस्ने