काठमाडौँ । संघीयतालाई सबल बनाउन आवश्यक कानुन नै निर्माण हुन नसकेको सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका महासचिव शंकर पोखरेलले बताएका छन् ।काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले संघीयता सबल बनाउनका लागि कानुनी प्रबन्ध गर्नुपर्ने बताएका हुन् ।
संघीयता सबल बनाउनका लागि निर्वाचनको व्यवस्था र निर्वाचन कानुनमा सुधारले मात्रै नहुने पोखरेलको भनाइ छ । ‘निर्वाचन सुधारले मात्रै संघीयता सबल हुने होइन, एउटा पक्ष हो तर सबै कुरा होइन, ‘उनले भने, ‘अहिले त आधारभूत कानुनहरू नै बनेको छैन । निजामती ऐन बनेको छैन, प्रहरी ऐन बनेको छैन । शिक्षा ऐन आउन सकेको छैन र बनेका थुप्रै ऐनहरू संविधानको अधिकारका सूचीका दृष्टिकोणले त्रुटिपूर्ण छन् जसको रिभ्यू गर्न जरुरी छ ।’
संघीय प्रणालीमा प्रदेशको संरचना बलियो हुनुपर्ने तर त्यसो हुन नसकेको पनि पोखरेलको भनाइ छ । संघीय संसद्ले कानुन निर्माण गर्दाखेरि प्रदेशहरूलाई प्राकृतिक स्रोतका हिसाबले कमजोर बनाएको पोखरेलको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ कार्तिक २०८१, १३ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वराष्ट्रपति पार्टी राजनीतिमा फर्किन खोज्नु गणतन्त्रका लागि खतरा : शंकर पोखरेल
सर्वोच्च पदमा पुगिसकेको व्यक्ति पुनः राजनीतिमा फर्कनु उचित हुँदैन: शंकर पोखरेल
अस्थिरताका रोगीहरू सरकार ढल्ने हल्ला चलाउँदै छन्: शंकर पोखरेल
बहुविवाहलाई वैधता दिने मस्यौदा व्यक्ति विशेषको सोच : शंकर पोखरेल
सरकार गरिब हो, नागरिक छैनन्: शंकर पोखरेल
सामाजिक अराजकता र राजनीतिक अस्थिरतामाथि विजय हासिल गर्नुपर्छ : शंकर पोखरेल