काठमाडौँ । संघीयतालाई सबल बनाउन आवश्यक कानुन नै निर्माण हुन नसकेको सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका महासचिव शंकर पोखरेलले बताएका छन् ।काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले संघीयता सबल बनाउनका लागि कानुनी प्रबन्ध गर्नुपर्ने बताएका हुन् ।
संघीयता सबल बनाउनका लागि निर्वाचनको व्यवस्था र निर्वाचन कानुनमा सुधारले मात्रै नहुने पोखरेलको भनाइ छ । ‘निर्वाचन सुधारले मात्रै संघीयता सबल हुने होइन, एउटा पक्ष हो तर सबै कुरा होइन, ‘उनले भने, ‘अहिले त आधारभूत कानुनहरू नै बनेको छैन । निजामती ऐन बनेको छैन, प्रहरी ऐन बनेको छैन । शिक्षा ऐन आउन सकेको छैन र बनेका थुप्रै ऐनहरू संविधानको अधिकारका सूचीका दृष्टिकोणले त्रुटिपूर्ण छन् जसको रिभ्यू गर्न जरुरी छ ।’
संघीय प्रणालीमा प्रदेशको संरचना बलियो हुनुपर्ने तर त्यसो हुन नसकेको पनि पोखरेलको भनाइ छ । संघीय संसद्ले कानुन निर्माण गर्दाखेरि प्रदेशहरूलाई प्राकृतिक स्रोतका हिसाबले कमजोर बनाएको पोखरेलको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ कार्तिक २०८१, १३ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुशासनको नाममा आएका मन्त्री र सभामुखले पारदर्शिताको धज्जी उडाए : शंकर पोखरेल
‘ओली-लेखकलाई पक्राउ गर्ने निर्णयको औचित्य पुष्टि हुन नसकेपछि हाजिरी जमानीको सहारा लिइयो’ : शंकर पोखरेल
नयाँले पुरानाको खेदो खनेर सुशासन खोजे : एमाले महासचिव पोखरेल
‘नेपाली राजनीतिलाई नयाँ मोडतर्फ धकेलेको छ, अबका दिन चुनौतीपूर्ण हुनेछन्’ : शंकर पोखरेल
‘एक पटकको चुनावी उत्साहले दीर्घकालीन सफलता सुनिश्चित हुँदैन’ : शंकर पोखरेल
बालेन लहर हाम्रा लागि शिक्षा हो : शंकर पोखरेल