बुटवल । पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज तेस्रो दिनको बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देही ल्याइको छ ।
जिल्ला प्रहरी कार्यालयबाट बयानका लागि वकिलको कार्यालयमा ल्याएको हो । बुटवलस्थित सुपिम सहकारी ठगी प्रकरणमा बयानका लागि लामिछानेलाई कास्कीबाट मंगलबार रुपन्देही ल्याएको थियाे ।यसअघि मंगलबार र बुधबार उनीसँग बयान लिइएको थियो । आज बयान सक्ने योजना रहेको प्रहरीले जनाएको छ।
बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ। सोही आधारमा अनुसन्धान अघि बढेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ कार्तिक २०८१, १० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा प्रदेश संरचना खारेज गर्ने पक्षमा छैन : रवि लामिछाने
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने