काठमाडौँ । वैदेशिक रोजगारमा अल्बानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-१ घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका-६ दक्षिणढोका बस्ने २९ वर्षीय मणि कुमार तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
तामाङले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट नगद ५ लाख ३ हजार ९ सय रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ गोकर्णेश्वर नगरपालिका-६ दक्षिणढोकाबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ कार्तिक २०८१, १३ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नापी कार्यालय खैरहनीका हाकिमलाई मोसो दल्ने एकजना पक्राउ
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ
जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
पशुपति आर्यघाटमा शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ
बौद्धमा युवकमाथि खुकुरी प्रहार, दुई जना पक्राउ
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ