काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूलाई सहकारी ठग भनेर गरिएको टिप्पणीप्रति आपति जनाएका छन् ।
एक विज्ञप्ति जारी गर्दै सञ्चार माध्यममा आफुलाई सहकरी ठग भनिएको प्रति आपत्ति जनाउदै आफ्नी पुर्व श्रीमती ज्योति गुरुङलाई पक्राउ गरेर अनुसन्धान गर्न माग गरेका छन् ।
गुरुङले आफूले गलत तरिकाले सम्पत्ति कमाएको भए राज्यका निकायले जहिलेपनि छानिबन गर्नसक्ने उल्लेख गरेका छन् ।
गुरुङले आफूजस्तो सादगी जीवन बिताउने, निष्ठाको राजनीति गर्ने र सुशासनको पक्षमा जीवनभर लडिरहेको कांग्रेसको इमानदार कार्यकर्तालाई दैनिकजसो सार्वजनिक कार्यक्रम र मिडियाहरुमा ठग हो, दोषी हो भन्दै कपोकल्पित प्रचार भइरहेको भन्दै आपति जनाएका छन् ।
उनले आफ्नी पूर्व श्रीमती ज्योति गुरुङ जहाँ भएपनि झिकाई अनुसन्धान गर्न माग गर्दै सहकारीको अपचलन गरेको पैसा पीडितलाई फिर्ता गर्न आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ कार्तिक २०८१, १० : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिमा आफ्नो गन्तव्य, आफ्नो लक्ष्य प्राप्तिका लागि काम गर्ने हो : धनराज गुरुङ
उत्पादनबिनाको वितरणले समस्या निम्तायो : उपसभापति गुरुङ
धनराज गुरुङसँग सिआइबीले लियो बयान
काँग्रेस उपसभापति गुरुङमाथि कानुनी कारबाही गर्न सहकारी छानबिन समितिको निर्देशन
धनराज गुरुङ जोडिएको सहकारीको स्थलगत अवलोकनपछि कुम्मराजसँग छानबिन समितिको छलफल