काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले आज ताजकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्दै छ ।
ताजकिस्तानको डुशानबे सेन्ट्रल स्टेडियममा हुने यो खेल आज साँझ नेपाली समय अनुसार साँझ ६: ४५ बजेदेखि शुरु हुने छ । त्यस्तै यसै मैदानमा नेपालले नोभेम्ब १६ मा अफगानिस्तानविरुद्ध पनि मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।
फिफा वरियताको १०५औ स्थानमा रहेको ताजकिस्तानसँग नेपालले यसअघि दुई खेल खेलेको छ । २०१७ मा एएफसी एशियन कप छनौटमा खेलेको दुवै खेलमा नेपाल पराजित भएको थियो ।
त्यसैगरी फिफा वरियता १५१औं स्थानमा रहेको अफगानिस्तानसँग नेपालले अहिलेसम्म ६ खेल खेलेको छ । जसमा ३ खेलमा जित हासिल गरेको छ, २ बराबरी खेलेको छ भने एक खेलमा हार बेहोरेको छ । २०१३ यता नेपालले अफगानिस्तानसँग पहिलो पटक फुटबल खेल्दै छ ।
दुवै मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय नेपाली टिम ताजकिस्तान पुगिसकेको छ ।
नेपाली टिम:
गोलकिपर: किरण कुमार लिम्बु (सी), दीप कार्की, विशाल सुनार ।
डिफेन्डरः अभिषेक लिम्बु, रोहित चन्द, चिरिङ लामा, विमल पाण्डे, सनिश श्रेष्ठ, अभिषेक वाइबा, रणदिप पौड्याल, अन्जल महर्जन ।
मिडफिल्डरः रोहन कार्की, मणि लामा, अरिक विष्ट, अरविन्द राई, भरत खवास, उत्सव राई, मनिष डाँगी, आयुष घलान, सुमित श्रेष्ठ ।
फरवार्ड: जिलेस्पे जंग कार्की, अन्जन विष्ट, निरजन धामी ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ कार्तिक २०८१, ०९ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल अमेरिकाको ‘टायर २ वाच लिस्ट’मा : पछिल्लो २४ वर्षमा महत्वपूर्ण गिरावट
क्रिकेट विश्वकप लिग–२ : नेदरल्याण्ड्सविरुद्ध नेपालको जीत
नेदरल्याण्डसविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
प्रचण्ड र माधव नेपालबीच सिंहदरबारमा भेट
लिग-२ को अभ्यास: गुल्सन र आरिफको शानदार ब्याटिङमा नेपाल विजयी
भारतीय विद्युत् मन्त्री आइपुगे नेपाल