काठमाडौं । नेपालले जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत आज अन्तिम खेल घरेलु टिम युएईविरुद्ध खेल्दै छ ।
दुबईस्थित द सेभेन स्टेडियममा हुने यो खेल अपराहन्न ३: १५ बजेदेखि शुरु हुदै छ ।
प्रतियोगितामा युएई ५ खेलमा सबै खेल जितेर १० अंकसहित शिर्ष स्थानमा छ भने नेपालले ५ खेलमा ४ जित र एक हार बेहोर्दै ८ अंकसहित दोस्रो स्थानमा रहेको छ । आज हुने यस खेलले विश्वकपमा छनौट हुने टिमको निर्णय लिने छ । नेपाल यस खेलमा जित्नैपर्ने अवस्थामा रहेको छ । २ अंकले पछि रहेको नेपालले युएईलाई राम्रो रनरेटमाप अरजित गरेर शिर्ष स्थानमा उक्लिने अवसर रहेको छ ।
छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ कार्तिक २०८१, ०७ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल
नेपाल र जापान सरकारबीच ऋण सम्झौतामा हस्ताक्षर
नेपालले भारतलाई हरायो
नेपालले हार्यो लगातार चार खेल, यूएईसँग फेरि पराजित
अक्टोबरमा मात्रै एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर