काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेविरुद्धको कानुनी लडाइँमा अडिग भएर लड्ने जनाएको छ । सभापति लामिछानेलाई उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र डीपी अर्यालले सोमबार भेटेपछि मंगलबार विज्ञप्ति निकालेर रास्वपाले सो जानकारी दिएको हो ।
उसभापतिद्वयसँगको भेटमा सभापति लामिछानेको अभिव्यक्ति उधृत गर्दै विज्ञप्तिमा लेखिएको छ, ‘मेरो कानुनी लडाइँ म लड्न सक्षम छु, तर अब तपाईंहरु ढिला नगरी मलाई मात्र होइन, सिंगो मुलुकलाई नै न्याय हुने गरेर हाम्रा असिम सम्भावनाहरुको प्रस्फुटन गराउन ठोस एजेण्डा र तालिका लिएर अघि बढ्नुहोस् ।’
रास्वपाले राज्यका शक्ति पृथकीकरणमा अझै विश्वास रहेको पनि जनाएको छ । देश वा व्यक्ति लडेर नै माथि उठ्ने र झुठा कुराको आयु जति लामो भए पनि सत्य स्थापित हुने पनि रास्वपाले जनाएको छ ।
सभापति लामिछाने राजनीतिमा नआउँदै सहकारीमा समस्या रहेको भन्दै रास्वपाले ५० औं वर्ष राजनीति गरेर आएकाले र अहिले सत्तामा रहेका दलले सहकारीको समस्या समाधान गर्न प्रयास नगरेको आरोपसमेत लगाएको छ ।
वर्तमान सरकार रास्वपा पार्टीसँग मात्रै नभई सामाजिक सञ्जाल प्रयोगकर्ता नागरिकसँग पनि डराएको रास्वपाले दाबी गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ कार्तिक २०८१, १५ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि
रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत गोरबीच दिल्लीमा भेट
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'