काठमाडौँ । निर्वाचन आयोगले मङ्सिर १६ गतेका लागि तय भएको स्थानीय तह उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली स्वीकृत गरेको छ । जसअनुसार अद्यावधिक विवरणअनुसार देशभर कुल ३९ हजार ८४९ मतदाता थप भएका छन् ।
यस्तै उपनिर्वाचन हुने स्थानीय तहमा महिला मतदाता १ लाख ११ हजार ८९६, पुरुष मतदाता १ लाख १४ हजार ९०० र अन्य मतदाता ३ गरी कूल मतदाता २ लाख २६ हजार ७९९ मतदाता कायम भएका छन् ।
ती मतदाताका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र स्वीकृत भएको आयोगका प्रवक्ता नारायण प्रसाद सापकोटाले जानकारी दिए ।
उनका अनुसार आयोगको सोमबार बसेको बैठकबाट अन्तिम मतदाता नामावली स्वीकृति गरी वेबसाइटमा प्रकाशन गरिएको हो । स्वीकृत मतदाता नामावली बमोजिम मङ्सिर १५ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरू मध्ये महिला मतदाता ८९ लाख ३ हजार १९७, पुरुष मतदाता ९२ लाख २५ हजार ४४८ र अन्य मतदाता १८७ गरी कूल १ करोड ८१ लाख २८ हजार ८३२ मतदाताको नाम अन्तिम मतदाता नामावलीमा समावेश भएको उनले बताए ।
प्रदेशगत रुपमा सबैभन्दा बढी मतदाता बागमती प्रदेशमा रहेका छन् भने सबैभन्दा कम मतदाता कर्णाली प्रदेशमा रहेका छन् । त्यसैगरी जिल्लागत रुपमा सबैभन्दा बढी मतदाता मोरङ जिल्लामा र सबैभन्दा कम मतदाता मनाङ जिल्लामा छन् । मङ्सिर १६ गते ४४ पदका लागि उपनिर्वाचन हुँदै छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ कार्तिक २०८१, १० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपनिर्वाचनका लागि दल दर्ताको आह्वान
रुपन्देही निर्वाचन क्षेत्र ३ मा हुने उपनिर्वाचनको तयारीमा जुट्यो एमाले
रुपन्देही– ३ मा कार्तिक १७ गते उपनिर्वाचन गर्ने आयोगको निर्णय
रुपन्देही र मनाङमा कात्तिकको दोस्रो साता उपचुनाव गर्न प्रस्ताव
उपनिर्वाचनले स्थगित भएको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु
उपनिर्वाचन २०८१ ले दिएको सन्देश