काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकले सरकार ठिक ढंगले अघि बढिरहेको निष्कर्ष निकालेको छ । शनिबार प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बसेको सचिवालय बैठकले सरकारको ४ महिने कार्यकालको समीक्षा गरेको हो ।
बैठकमा नेपाली कांग्रेससँगको गठबन्धनबिचको समझदारीलाई अझ प्रगाढ बनाएर लैजाने विषयमा छलफल भएको बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनले भने, ‘बैठकमा सरकारको चार महिने कार्यकालको समीक्षा गरेका छौँ । सरकारले आधारभूत रूपमा ठिक ढंगले काम गर्दै अघि बढिरहेको निष्कर्ष छ। दुई राजनीतिक दलबिच समझदारीलाई प्रगाढ बनाउन र काममा अझै बढी समन्वय ल्याउनका निम्ति विश्वासको वातावरणलाई सुदृढ गर्दै लैजाने कुरामा छलफल भएको छ ।’
यस्तै भारत र चीन दुवै छिमेकी देशसँग राष्ट्र हितलाई ध्यानमा राख्दै सम्बन्ध अगाडि बढाउनुपर्छ भन्ने बैठकको निचोड रहेको उनले सुनाए ।
प्रधानमन्त्री ओलीको डिसेम्बर पहिलो हप्ता हुने चीनको भ्रमणको बारेमा पनि छलफल भएको र सो भ्रमणलाई अधिकतम राष्ट्रिय हितमा प्रयोग गर्नका लागि सरकारलाई शुभेच्छा व्यक्त गरेको ज्ञवालीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ कार्तिक २०८१, १६ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुण्डुमा एमाले सचिवालय बैठक सुरु
एमाले सचिवालय बैठकमा उपाध्यक्षहरूले राखे धारणा, बाँकी छलफल भोलि हुने
एमाले सचिवालय बैठक शुक्रबार बस्ने
च्यासलमा एमाले सचिवालय बैठक
एमाले सचिवालय बैठक २ घण्टा पछि सर्यो