काठमाडौँ । लागू औषध सहित विभिन्न स्थानबाट ३ जना पक्राउ परेका छन् । प्रहरीले नवलपरासी र तनहुँबाट लागूऔषसहित ३ जनालाई पक्राउ गरेको हो । नवलपरासी पूर्व, कावासोती नगरपालिका–१६ चालिसकिलोस्थित सडकबाट डाईजेपाम ३० एम्पुल, फेनरागन ३० एम्पुल र आईपिपिएल ३० एम्पुलसहित तनहुँ व्यास नगरपालिका–१ बस्ने १८ वर्षीय किशोरसहित २ जनालाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले बुटवलबाट चितवनतर्फ जाँदै गरेको लु२ ख २६२५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो ।
त्यस्तै तनहुँको आबुखैरेनी गाउँपालिका– ४ बेनिटारस्थित सडकबाट लागू औषध डाईजेपाम ४३ एम्पुल, फेनारगन ४४ एम्पुल र बुप्रेनोर्फिन ४४ एम्पुलसहित लमजुङ बेशिसहर नगरपालिका–७ बस्ने २७ वर्षीय कैलाश खत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुल जिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आबुखैरेनीतर्फ जाँदै गरेको क.प्र.०२–००१ ख ०२१९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई शुक्रवार लागू औषध सहित पक्राउ गरेको हो । पक्राउ परेकाहरूमाथि प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ कार्तिक २०८१, १५ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ
जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
पशुपति आर्यघाटमा शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ
बौद्धमा युवकमाथि खुकुरी प्रहार, दुई जना पक्राउ
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
नक्कली नोटसहित २ जना पक्राउ