काठमाडौँ । लागू औषध सहित विभिन्न स्थानबाट ३ जना पक्राउ परेका छन् । प्रहरीले नवलपरासी र तनहुँबाट लागूऔषसहित ३ जनालाई पक्राउ गरेको हो । नवलपरासी पूर्व, कावासोती नगरपालिका–१६ चालिसकिलोस्थित सडकबाट डाईजेपाम ३० एम्पुल, फेनरागन ३० एम्पुल र आईपिपिएल ३० एम्पुलसहित तनहुँ व्यास नगरपालिका–१ बस्ने १८ वर्षीय किशोरसहित २ जनालाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले बुटवलबाट चितवनतर्फ जाँदै गरेको लु२ ख २६२५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो ।
त्यस्तै तनहुँको आबुखैरेनी गाउँपालिका– ४ बेनिटारस्थित सडकबाट लागू औषध डाईजेपाम ४३ एम्पुल, फेनारगन ४४ एम्पुल र बुप्रेनोर्फिन ४४ एम्पुलसहित लमजुङ बेशिसहर नगरपालिका–७ बस्ने २७ वर्षीय कैलाश खत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुल जिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आबुखैरेनीतर्फ जाँदै गरेको क.प्र.०२–००१ ख ०२१९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई शुक्रवार लागू औषध सहित पक्राउ गरेको हो । पक्राउ परेकाहरूमाथि प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ कार्तिक २०८१, १५ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साढे १८ लाख नगदसहित एक जना पक्राउ
भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ
प्रतिबन्धित औषधिसहित एकजना पक्राउ
डकैती मुद्दाका अभियुक्त २१ वर्षपछि पक्राउ
दुर्गा प्रसाईँ पक्राउ
सिन्धुलीमा ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ