सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिका स्थित एकजना युवकको शव रुख माथि झुण्डिएकोअवस्थामा फेला परेको छ । युवकको हत्या गरिएको आशंका गरिएको छ ।
हरिपुर्वा ४ डुमरिया गाउँमा स्थानीय सिकिन्द्र रायको छोरा अन्दाजी १९ बर्षको धिरज रायको हाथ खुट्टा बाँधिएको तथा रुखमा झुन्डिएको अवस्थामा शव फेला परेका हुन् । पीडित परिवारले कसैले धीरजको हत्या गरेर रुखमा झुण्ड्याएको हुनसक्ने दाबी गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपि दीपक श्रेष्ठले घटनाको पुष्टी गरेका छन् । प्रवक्ता श्रेष्ठले घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टरको कमाण्डमा बिशेषज्ञको टोली घटनास्थल गएको जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ कार्तिक २०८१, १४ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा बेवारिसे शव भेटियो
धादिङको त्रिशूली नदीमा २ जनाको शव फेला
सिरहामा पुरुषको शव फेला, हत्याको आशंका
कोठाभित्र युवतीको शव भेटियो
उदयपुरमा दुई जनाको शव फेला
रुसद्वारा १२०० युक्रेनी सैनिकहरूको शव फिर्ता