कैलाली । कैलालीको गोदावरी नगरपालिका-४ तखरे गाउँ बस्ने ६५ वर्षीय लाल बहादुर बुढामगरलाई भरूवा बन्दुक २ थान, सिसाको गोली ८ थान र बारूद करिब २ सय ग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट गोदावरीबाट खटिएको प्रहरीले बुढामगरको घरबाट करिब ५० मिटर टाढा चैतडा सामुदायिक जंगलको खोल्सोमा लुकाई छिपाई राखेको उक्त बन्दुक, सिसाको गोली र बारूद फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ कार्तिक २०८१, १४ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ