कैलाली । कैलालीको गोदावरी नगरपालिका-४ तखरे गाउँ बस्ने ६५ वर्षीय लाल बहादुर बुढामगरलाई भरूवा बन्दुक २ थान, सिसाको गोली ८ थान र बारूद करिब २ सय ग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट गोदावरीबाट खटिएको प्रहरीले बुढामगरको घरबाट करिब ५० मिटर टाढा चैतडा सामुदायिक जंगलको खोल्सोमा लुकाई छिपाई राखेको उक्त बन्दुक, सिसाको गोली र बारूद फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ कार्तिक २०८१, १४ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ठूलो परिमाणमा ट्रामाडोलसहित पाँच जना पक्राउ
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ