चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनमा मध्यराति बस र मोटरसाइकल ठोकिँदा एक युवकको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्।
चितवनको रत्ननगर नगरपालिका-२ सब्जीमण्डीमा गएराति बस र तीन जना सवार मोटरसाइकल आपसमा ठोकिँदा एकको मृत्यु भएको हो भने दुई गम्भीर घाइते भएका हुन्।
गएराति १२ बजेतिर हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको मधेस प्रदेश०१–००१ ख ०४५७ नम्बरको बस र टाँडीबाट खैरहनीतर्फ आउँदै गरेको ना २४ प १९१८ नम्बरको मोटरसाइकल आपसमा ठोकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए।
उनका अनुसार एउटै मोटरसाइकलमा तीन जना सवार रहेको पाइएको छ। बस र मोटरसाइकल एकाआपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार तीनैजना गम्भीर घाइते भएका थिए।
जसमध्ये चितवनको रत्ननगर नगरपालिका-१३ अमिलियाका अन्दाजी २१ वर्षीय सुनिल पौडेलको मृत्यु भएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ कार्तिक २०८१, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रसुवामा कन्टेनर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
रुपन्देहीमा मोटरसाइकल दुर्घटना, एक युवाको मृत्यु
पर्वतमा बोलेरो जिप दुर्घटनामा चालकको मृत्यु
कोलम्बियामा १२१ जना सवार सैनिक विमान दुर्घटना
झापामा सवारी दुर्घटना, मोटरसाइकल चालककाे मृत्यु