चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनमा मध्यराति बस र मोटरसाइकल ठोकिँदा एक युवकको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्।
चितवनको रत्ननगर नगरपालिका-२ सब्जीमण्डीमा गएराति बस र तीन जना सवार मोटरसाइकल आपसमा ठोकिँदा एकको मृत्यु भएको हो भने दुई गम्भीर घाइते भएका हुन्।
गएराति १२ बजेतिर हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको मधेस प्रदेश०१–००१ ख ०४५७ नम्बरको बस र टाँडीबाट खैरहनीतर्फ आउँदै गरेको ना २४ प १९१८ नम्बरको मोटरसाइकल आपसमा ठोकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए।
उनका अनुसार एउटै मोटरसाइकलमा तीन जना सवार रहेको पाइएको छ। बस र मोटरसाइकल एकाआपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार तीनैजना गम्भीर घाइते भएका थिए।
जसमध्ये चितवनको रत्ननगर नगरपालिका-१३ अमिलियाका अन्दाजी २१ वर्षीय सुनिल पौडेलको मृत्यु भएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ कार्तिक २०८१, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु