पोखरा। सहकारी ठगीको अनुसन्धानका लागि पक्राउ परेका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
सहकारी ठगीको अनुसन्धानका शिलशिलामा कात्तिक २ गते पक्राउ परेका लामिछानेको यसअघि दुई पटक म्याद थप गरिसकिएको छ । यसअघि थपिएको म्याद कात्तिक १५ गते सकिएको थियो । सूर्यदशन सहकारीको पैसा गोरखा मिडियामा लगेर हिनामिना गरेको आरोपमा उनीविरुद्ध प्रहरीले छानबिन गरिरहेको छ ।
बुटवलको सुप्रिम सहकारीको रकम दुरुपयोग सम्बन्धमा छानबिनका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले रुपन्देही लैजाने तयारी गरेको छ । उनलाई हिरासतमा लिएर अनुसन्धान गर्न रुपन्देही जिल्ला अदालतले अनुमति दिइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० कार्तिक २०८१, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लको अभिव्यक्तिप्रति रवि लामिछानेले जनाए असन्तुष्टि
‘निजी क्षेत्रलाई कमजोर बनाउने उद्देश्य छैन’ : रवि लामिछाने
रवि लामिछानेले बोलाए सचिवालय बैठक
प्रधानमन्त्री भेट्न नपाएपछि ट्रम्पका विशेष दूतले भेटे रवि लामिछाने
रवि लामिछानेविरुद्धको अभियोग फिर्ता विवादमा पूर्ण इजलासमा आज सुनुवाइ हुँदै
औपचारिक कागजात तथा पहिचानसम्बन्धी सामग्रीमा एकरूपता कायम गर्न रवि लामिछानेको निर्देशन