भैरहवा उडान गर्ने सर्तसहित थाइ एयरको उडान प्रतिबन्ध फुकुवा

सफल खबर संवाददाता

विहीबार, १५ कार्तिक २०८१, १० : ४७
भैरहवा उडान गर्ने सर्तसहित थाइ एयरको उडान प्रतिबन्ध फुकुवा

काठमाडौं। नागरिक उड्डयन प्राधिकरणले थाइ एयर एसियाको उडान प्रतिबन्ध फुकुवा गरेको छ । थाइ एयर एसियाले स्पष्टीकरणसहित लिखित रूपमा माफी मागेपछि प्राधिकरणले उडान प्रतिबन्ध फुकुवा गरेको हो ।

आइतबार उडान अनुमति नलिई काठमाडौं आएको थाइ एयर एसियाको विमानलाई प्राधिकरणले तत्कालका लागि निलम्बन गरिएको थियो । नेपालको आधिकारिक एजेन्ट (जीएसए) पनि रद्द गरिएको थियो ।

भैरहवा नियमित उडान गर्ने सर्तसहित बुधवार थाइ एयरको उडान फुकुवा गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए । भूलका अनुसार थाइ एयरले अब काठमाडौंका साथै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि उडान गर्ने छ ।

अब आइतबार अर्थात् कार्तिक १८ गतेदेखि थाइ एयरले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान स्थलबाट पनि नियमित उडान गर्नेछ ।थाइल्यान्डबाट काठमाडौं आएको उक्त विमान करिब एक घण्टा ‘होल्ड’ भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस