सहुलियत मुल्यको पसलबाट साल्ट ट्रेडिङ्ं कर्पोरेसन चितवनले गर्‍यो ११ लाख बढिको कारोबार

सफल खबर संवाददाता

मंगलबार, ३० असोज २०७५, १९ : १६
सहुलियत मुल्यको पसलबाट साल्ट ट्रेडिङ्ं कर्पोरेसन चितवनले गर्‍यो  ११ लाख बढिको कारोबार

चितवन । साल्ट ट्रेडिङ्ं कर्पोरेसन भरतपुरले सहुलियत मुल्यको पसलबाट ११ लाख १५ हजार १७४ रुपैयाको कारोबार भएको जनाएको छ । कार्यालयले नुन १ लाख ७९ हजार ८ सय ६२ रुपैया, र दाल चामल गेडागुडी चिया पत्ति तोरीको तेल बाट ९ लाख ३५ हजार ३ सय १२ रुपैयाको कारोबार भएको कार्यालयका प्रमुख बुद्धि बिनोद दाहालले बताउनुभयो ।

सहुलियतको चिनिको मुल्य कायम नभएकाले यसपालि अघिल्ला वर्ष भन्दा ब्यापार निकै कम भएको दाहाल बताउनुभयो । सहुलियत पसल शनिबारको दिन पनि सञ्चालनमा रहेको र बिहान १० बजेदेखी बेलुका ५ बजेसम्म खोलिएको दाहालले बताउनुभयो । पसल सञ्चालनका लागी ६ जना कर्मचारी परिचालन गरी काम गरिएको दाहालको भनाई छ ।

वडा दशै तिहार तथा छठ पर्वलाई ध्यानमा राखि पसल सन्चालन गरिएको र तिहारका बेला चितवनका अन्य सहरहरु तथा गाउ बस्तिहरुमा घुम्ति सेवा पनि सञ्चालन गरी सेवा दिने तयारीमा आफुहरु लागेको दाहाल बताउनुुभयो । यस पटक चिनिको मुल्य बाहिर भन्दा साल्ट् ट्रेडिङ्ंमा महंगो परेकाले ब्यापारमा अलि समस्या आएको र तिहारका बेला भने मुल्य समायोजन गरि उपभोक्तालाई सस्तो मुल्यमा बिक्री गर्ने तयारी केन्द्र बाटनै भएकोले त्यो बेला चिनिको मुल्यमा केहि सहज हुनेमा आफु आसाबादि रहेको उहाले बताउनुभयो ।

उहाले चिनि बाहेक अन्य बस्तुमा भने बजार मुल्य भन्दा ५ देखि २५ रुपैया सम्म सस्तो भएको बताउनभयो । साल्ट टेडिगंको उत्पादन निकै स्तरीय भएको र उपभोक्ताहरुले समेत मन पराउदै आएका छन् । उपभोक्ता अधिकार संरक्षण मन्च चितवनका कार्यबहाक अध्यक्ष बिष्णु भुषालले साल्ट् ट्रेडिङ्ंले चिनिको मुल्य कायम गरी बाहिर भन्दा सस्तोमा चिनि बिक्री गर्नु पर्ने बताउनुभयो ।

साल्ट टेडिगंको उत्पादन आफैमा गुणस्तर युत्त रहेको बताउदै उहाले यो पटक चिनिको मुल्य कायम नहुदा उपभोक्ता मारमा परेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस