काठमाडौं । प्रहरीले बालुवाटारमा प्रदर्शन शुरु गर्ने तयारी गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्तालाई पक्राउ गरेको छ ।
रास्वपाले आज पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेको विरोधमा बालुवाटारमा प्रदर्शन शुरु गर्नेक्रममा रहेको छ । बालुवाटारस्थित नेपाल हाउसमा भेला भएका नेता कार्यकर्ताहरुलाई प्रहरीले हटाउने प्रयास गरेको छ भने केहि कार्यकर्तालाई पक्राउ गरेको सांसद गणेश पराजुलीले जानकारी दिएका छन् ।
सो क्षेत्र निषेधित क्षेत्र भएपछि प्रहरीले रास्वपा कार्यकर्तालाई त्यहाँबाट जान आग्रह समेत गरिरहेको छ ।
रास्वपाले आजको प्रदर्शनमा नारा बाहेक गीत, कविता, ब्यंग्य प्रस्तुत गर्ने तयारी गरेपनि प्रहरीले हस्तक्षेप गरेपछि अब कार्यक्रम कसरी हुन्छ भन्ने स्पष्ट भएको छैन । रास्वपाले आज १२ बजेदेखि साढे २ बजेसम्म प्रदर्शन हुने जनाएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ कार्तिक २०८१, १५ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हत्या अभियोगमा तीन युवक पक्राउ
लागु औषधसहित दुई जना पक्राउ
महिलामाथि दुर्व्यवहार गर्ने युवक पक्राउ
रौतहटमा एकल महिलामाथि बोक्सीको आरोपमा अमानवीय व्यवहार, एक जना पक्राउ
देशभर लागुऔषधसहित २७ जना नियन्त्रणमा
इन्द्रकुमार चाम्लिङ पक्राउ