काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी उपनिर्वाचनमा आम मतदाताले काँग्रेस, एमाले र माओवादी केन्द्रलाई पराजित गर्नुपर्ने बताएका छन् ।
तीन वटै ठूला पार्टी भ्रष्ट भएको र उनीहरूले देशलाई बर्बाद बनाएको उनको जिकिर छ । पार्टीको कीर्तिपुर नगर कमिटीले मंगलबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै लिङ्देनले ठूला दललाई उपनिर्वाचनमा मत दिएर देशलाई बर्बाद बनाउने काममा आफैँ सहभागी हुने काम कसैले पनि गर्न नहुने बताए ।
अध्यक्ष लिङ्देनले रवि लामिछाने नेतृत्वको रास्वपालाई हावादारी पार्टीको संज्ञा दिँदै सो पार्टीसँग देशलाई अघि बढाउने कुनै योजना नभएको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ कार्तिक २०८१, १४ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजेन्द्र लिङ्देनको दाबी-‘काँग्रेस-एमालेले देश लुट्नलाई टेन्डर पारेजस्तो गर्दैछन्, मन्त्रीहरूको कमाउन प्रतिस्पर्धा छ’
राजेन्द्र लिङ्देनको प्रश्न : कहाँ छ प्रधानमन्त्रीको सुशासन आयोग ?
राजेन्द्र लिङ्देनद्वारा पार्टीका विभाग प्रमुखहरूसँग छलफल
जबर्जस्ती सदन चलाए बहिष्कार गर्छौँ : राजेन्द्र लिङ्देन
संसदको अवरोधबारे सभामुख घिमिरेद्वारा डीपी अर्याल र राजेन्द्र लिङ्देनसँग छलफल
राजावादीहरूसँग सरकार डरायो : राजेन्द्र लिङ्देन