काठमाडौँ । बोधिचित्त (बुद्धचित्त)को दाना लुटपाट तथा विष्फोटक पदार्थसहित आतंक फैलाएको घटनाका आरोपित रामकृष्ण मैनाली भनिने सागर ५ वर्षपछि पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले रामकृष्णसहित विजय हुमागाईँलाई भक्तपुरको जगातेबाट पक्राउ गरेको हो । रामकृष्ण मैनालीले ५ वर्ष अघि बोधिचित्तको रुख लुटपाट गरेको आरोप छ ।
साथै प्रहरीले समातेको व्यक्ती भेट्न पुगेका प्रताप लामालाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउबारे थप विवरण अनुसन्धानको क्रममा रहेकोले सार्वजनिक नगरिएको प्रहरीको भनाई छ ।
प्रहरीले घटनाका बारेमा विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको छ । उनीहरूलाई म्याद थप गरी सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ ।५ वर्ष अघि रोशी गाउँपालिका ५ स्थित ठकुरानी तामाङसँग किनेका बुद्धचित्तका दानाहरू लुटेको अभियोगमा २०७७ असोज २६ गते जिल्ला अदालत काभ्रेमा मुद्दा दर्ता भएको थियो । डाँका, ज्यान मार्ने उद्योग र हातहतियार खरखजना सम्बन्धी मुद्दामा जिल्ला न्यायाधीश राजेन्द्र नेपालले सजाय निर्धारणका लागि पेश गर्ने आदेश दिएका थिए ।
२०८१ वैशाख २५ गते जिल्ला अदालतले उक्त मुद्दामा संलग्नहरूको सजाय निर्धारण गरेको थियो । डाँका, ज्यान मार्ने उद्योग र हातहतियार खरखजनामा एकीकृत कसुर बापत राधाकृष्ण मैनाली सागर, विजय हुमागाईँ लगायतलाई ९ वर्ष कैद र ९० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ कार्तिक २०८१, १३ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा पक्राउ
भैरवी गाउँपालिकाकी अध्यक्ष शाही पक्राउ
हत्या अभियोगमा तीन युवक पक्राउ
लागु औषधसहित दुई जना पक्राउ
महिलामाथि दुर्व्यवहार गर्ने युवक पक्राउ
रौतहटमा एकल महिलामाथि बोक्सीको आरोपमा अमानवीय व्यवहार, एक जना पक्राउ