काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटासमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । आइतबार प्रदेश प्रमुख देवकोटासमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय हेटौँडाका प्रमुख उमाकान्त आचार्यले वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।
प्रमुख आचार्यले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आर्थिक वर्ष २०८०र०८१ मा सम्पादन गरेका काम कारबाहीहरू समेटेर तयार गरिएको ३४ औँ वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।
प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/०८१ मा आयोगमा २६ हजार ९१८ वटा नयाँ उजुरीहरू विभिन्न माध्यमबाट प्राप्त भएका छन् । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ९ हजार २६८ वटा उजुरीहरू समेत गरेर आयोगमा ३६ हजार १८६ वटा उजुरी प्राप्त भएको थियो ।
गत आर्थिक वर्ष २०८०/०८१ मा प्राप्त ३६ हजार १८६ उजुरीमध्ये २७ हजार ७१४ (७६.५९ प्रतिशत) उजुरी स्क्रिनिङ र प्रारम्भिक छानबिनबाट फर्छ्यौट भएको आयोगको प्रतिवेदनमा उल्लेख छ । फर्छ्यौट गरेका उजुरीहरूमध्ये १३ हजार ५०० वटा उजुरीहरू आयोगको क्षेत्राधिकारभित्र नपरेका, गोलमटोल प्रकृतिका, हैरानी वा दुःख दिने नियतका र कुनै तथ्य प्रमाण बिनाका ज्यादै सामान्य प्रकृतिका तामेली गरिएको प्रतिवदनमा समावेश गरिएको छ ।
आयोगबाट फर्छ्यौट भएकामध्ये ९३२ वटा उजुरीउपर विस्तृत अनुसन्धान गर्ने निर्णय गरिएको छ भने ४९६ उजुरीउपर सुझाव दिई तामेली गरिएको र १२,७८६ उजुरीउपर कानुन बमोजिम अन्य आवश्यक कारबाही गरिएको छ ।
प्रारम्भिक छानबिनको क्रममा रही फर्छ्यौट हुन बाँकी रहेका ८ हजार ४७२ उजुरीहरू आगामी आर्थिक वर्ष २०८१/८२ मा सरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ कार्तिक २०८१, १८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमतीको बजेट पूर्वनिर्धारित समयमा प्रस्तुत नहुने, डाकियो मन्त्रिपरिषद् बैठक
बागमती प्रदेशले विपद् बिमा कार्यक्रम अघि बढाउने
बागमती प्रदेशको बजेट अधिवेशन आजदेखि
बागमती प्रदेशमा सर्वदलीय बैठक सुरू
बागमती प्रदेश सरकारको नौ महिनामा ३२ प्रतिशत बजेट खर्च
बागमती प्रदेश सरकारद्वारा अनुसन्धान वृत्तिको लागि प्रस्ताव आव्हान, उत्कृष्ट १० लाई प्रति शोधपत्र एक लाख